इटहरी : पाँच किलोमिटरको दौडमा महिलातर्फ भोजपुरकी छेन्विमाया राईले गोल्ड मेडल पाएकी छन् ।
५ हजार मिटरको दौड २१.१५.८५ मिनेटमा पार गर्दै छेन्विमाया प्रथम बनेकी हुन् भने उनलाई पछ्याउँदै संखुवासभाकी नीला जिमिले रजत पदक र ताप्लेजुङकी समपाल्मा शेर्पाले कास्य पदक जितिन् ।
नीलाले २१.२८.८० मिनेटमा पार गरेको दुरी शेर्पाले २१.५३.३४ मिनेटमा पार गरेकी थिइन् । यसैगरी ५ किलोमिटर तर्फको दौडमा भोजपुरकी जुलिन राईले चौथो स्थान प्राप्त गरिन् ।
५ किलोमिटर पुरुष तर्फको छनौट प्रतियोगितामा धनकुटाका गोकुल यांकिलाले स्वर्ण पदक पाए भने सुनसरीका प्रशान्त तामाङले रजत र पाँचथरका ओसन राईले कास्य जित्न सफल भए ।
याँंकिलाले १७.८.२८ मिनेटमा पार गरेको दुरी तामाङ्गले १७.१२.४३ मिनेटमा पार गरेका थिए भने राईले १७.१५.२८ मिनेटमा पार गरेका थिए ।
नवौँ राष्ट्रिय खृलकुदको छनौट प्रतियोगिताको लागि सुनसरीको इटहरीमा भइरहेको एथलेटिक्सको छनौट खेलको फाइनल शनिबार (आज) इटहरी रंगशालामा हुने छनौट समितिले जनाएको छ ।














Discussion about this post