इटहरी : मानव अधिकार तथा शान्ति समाज सुनसरीमा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गर्दै समाजले २५ औँ साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको सभापतिमा डा. विकास साह, उपसभापतिमा रोबनराज कार्की, सचिवमा ओमप्रसाद गौतम, सहसचिवमा मोहनप्रसाद बञ्जारा र कोषाध्यक्षमा राकेशकुमार दास चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा मात्रिकाप्रसाद भट्टराई, निर्मला कट्टेल, शुभद्रा संग्रौला, डा. कादिर आलम, बलराम पन्त र अम्बिका देवी श्रेष्ठ चयन भएका छन् ।
सीताराम कोइरालाको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा डा. आनन्द आचार्य प्रमुख अतिथि थिए ।













Discussion about this post