इटहरी : बरुण इन्भेष्टमेन्ट लिमिटेड र ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता भएको छ ।
सर्वसाधारण (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि बरुण र ग्लोबलबीच निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
एक कार्यक्रमबीच बरुण कम्पनी र क्यापिटलबीच शेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौता पत्रमा बरुण इन्भेष्टमेन्ट लिमिटेडको तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।
६० करोड रुपैयाँ पुँजी भएको कम्पनीमा संस्थापक समूहको ७७ प्रतिशत शेयर रहेको र १७ जना संस्थापक शेयरधनीहरूबाट ४० करोड बराबरको शेयर पुँजी चुक्ता भइसकेको बरुण कम्पनीले जनाएको छ ।
बरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटलले आइपीओ निष्कासन गर्ने तयारी समेत थालेको बताइएको छ ।















Discussion about this post