मोरङ : मोरङमा सात वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका २ बुधबारे बस्ने २१ वर्षीय विशाल रम्तेल रहेका छन् ।
मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।
खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post