इटहरी : दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत बढेको छ ।
विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।
साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
साविकमा दैनिक औसत ३५ लाख डिजेल खपत हुँदै आएको थियो ।
दसैँका बेला सार्वजनिक बिदा भए पनि डिपो खुला रहने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए ।
चाडपर्वका अवधिमा देशैभरि पेट्रोलियम पदार्थको सहज रूपमा बिक्री वितरणको व्यवस्था मिलाउन निगमका डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने व्यवस्था मिलाइएको उनले बताए ।













Discussion about this post