विराटनगर : विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान निषेध गर्ने निर्णय गरेको छ ।
महानगरले मङ्सिर १५ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिंडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको जनाएको छ ।
‘सार्वजनिक स्थलमा धूम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धूम्रपान तथा सूर्तीजन्य पदार्थ मुक्त गर्ने र गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रण सम्बन्धि कार्यमा सहयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
प्रचलित कानून, सदाचार र सार्वजनिक हित तथा भलाइका दृष्टिले सार्वजनिक स्थललाई धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने स्थल बनाउन महानगरपालिकाबाट सूचना जारी गरिएको जनाएको छ ।
Discussion about this post