पोखरा : राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल (RAAN) गण्डकी प्रदेशको प्रथम भेला सम्पन्न भएको छ ।
गण्डकी प्रदेश र कास्की जिल्लाको संयुक्त आयोजनामा पोखराको लेकसाइडस्थित क्रिष्टल महलमा प्रथम भेला सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले रैथाने खेती र त्यसबाट उत्पादिन औषधि आजको दिनमा पनि स्वस्थ रहेकाले आयुर्वेदिक औषधिको महत्व रहेको बताए ।
डा. प्रेमकिशोर मिश्रले कार्यक्रमको अध्यक्षता गरेका थिए भने राष्ट्रिय आयुर्वेद एसोसियसन नेपालका केन्द्रीय अध्यक्ष जगतबहादुर भट्टराई विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष भट्टराईले आयुर्वेद हस्पिटल र क्लिनिकका लगानीकर्ता एकैठाउँ हुनुपर्ने बताए । उनले आयुर्वेद क्षेत्रमै काम गरिरहेका सबैले साझा अवधारणा बनाएर अगाडि बढ्नुपर्ने तर्क राखे ।
कार्यक्रममा जेष्ठ नागरिक, डा. लक्ष्मीकान्त चापागाईं , डा. गोपीनाथ पौड्याल, डा. अनिल थापा, डा. विनोद पौडेल, ८२ वर्षीय अम्बरबहादुर ताम्राकार, समाजसेवी लक्ष्मी भट्टराई, आयुर्वेद औषधि व्यवसायी, आयुर्वेद चिकित्सक, आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरिएको थियो ।
डा. प्रफुल्लचन्द्र यादवको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।
यो पनि – राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल नै किन ?













Discussion about this post