इटहरी : सुनसरीमा गठबन्धन र एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबार सुनसरीको इनरुवास्थित शिक्षा तालिम केन्द्रमा सुनसरी क्षेत्र नं. २ र क्षेत्र नं. ४ का उम्मेदवारले मनोनयन गरेका हुन्।
सुनसरी २ मा नेपाली कांग्रेसका सीताराम मेहता र एमालेका भीमप्रसाद आचार्यले मनोनयन गरेका छन्।
यस्तै, सुनसरी ४ मा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुशियतले मनोनयन गरेका छन्।
उता क्षेत्र नं. १ मा भने जसपाका अशोक राई र माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बोले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, क्षेत्र नं. १ मा एमालेले जसपालाई सघाउने भएपछि एमाले नेता समेत रहेका मनोज मेन्याङ्बोले बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यस्तै, क्षेत्र नं. ३ मा कांग्रेसमा विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीले मनोनयन दर्ता गराएका छन्।













Discussion about this post