विराटनगर : रक्त सञ्चार केन्द्र विराटनगरले केही दिन यता रगतको चरम अभाव झेल्दै आएको छ ।
चाडपर्वको समय र लामो बिदाका कारण सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा रगतको चरम अभाव सिर्जना भएको हो ।
रक्त सञ्चार केन्द्र विराटनगरका अनुसार घटस्थापनाभन्दा पछि कुनैपनि संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका छैनन् ।
जसले गर्दा केन्द्रमा रगतको अभाव भएको हो । यतिबेला रक्त सञ्चार केन्द्रमा कुनैपनि समूहको रगत मौज्दात छैन । सहज रुपमा उपलब्ध हुने ओ पोजेटिभ, ए पोजेटिभ समूहको रगतपनि केन्द्रमा नपाइने बताइएको छ ।














Discussion about this post