इटहरी : इटहरी उपमहानगरपालिकाले चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गरेको छ ।
उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति इटहरीको संयोजक संगीता कुमारी चौधरीको अगुवाइमा बजार अनुगमन सुरु भएको हो ।
इटहरी वडा नम्बर ८ स्थित पाण्डा डिपार्टमेन्ट स्टोर लगायत यहाँका किराना पसलमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा उत्पादकको म्याद गुज्रिएको सामान भेटिएको छ । यस्तै, कुहिएको समान बरामद गरिएको बताइएको छ ।
अनुगमनमा संरक्षण समिति इटहरी खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, नगर प्रहरी, इलाका प्रहरी कार्यालय इटहरी र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।














Discussion about this post