इटहरी : सुनसरीको इनरुवामा शुक्रबार दिउँसो १८ वर्षीया किशोरी उपमेयर बनिन् ।
इनरुवा ९ बबियाकी १८ वर्षीया किशोरी सुमन शर्मा शुक्रबार दिउँसो दुई घण्टा उपमेयर बनेकी हुन् ।
प्लान ईन्टरनेशनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्रको आयोजनामा दसौं अन्तर्राष्ट्रिय बालिका दिवस अन्तर्गत उक्त कार्यक्रम आयोजना गरी किशोरीलाई उपमेयर बनाइएको हो ।
किशोरीले उपमेयर भएपछि छलफल समेत गरेकी थिइन् । नगरमा भएका समस्या बुझ्दै उनले किशोरकिशोरीमैत्री नगर हुनुपर्ने बताइन् ।
नगर क्षेत्रमा किशोरीहरूमाथि हुने समस्यालाई स्थानीय सरकारसमक्ष जोड्न सहयोग पुगोस् भनेर उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।














Discussion about this post