इटहरी : इटहरी उपमहानगरपालिकाले आइतबार शोक विदा दिएको छ ।
मेयर हेमकर्ण पौडेलद्धारा जारी विज्ञप्ति अनुसार एक कर्मचारीको आज (शनिबार) निधन भएपछि आइतबार (भोलि) उपमहाननगरका शोक विदा दिइएको हो ।
इटहरी उपमहानगरपालिकामा कार्यरत कर्मचारी भुट्टीदेवी डोमको शनिबार मृत्यु भएको बताइएको छ ।
कर्मचारीको निधनपछि शोक वक्तव्य जारी गर्दै मेयर पौडेलले भुट्टीको निधनले सिङ्गो इटहरी उपमहानगरपालिका मर्माहत र स्तब्ध भएको बताए ।
आइतबार अत्यावश्यक सेवाबाहेक उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका कार्यालयहरूबाट उपलब्ध हुने सेवा बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।












Discussion about this post