ताप्लेजुङ : ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दाजुभाइसहित चारजनाको मृत्यु भएको छ ।
जिल्लाको मैवाखोला गाउँपालिका १ तेल्लावुङवाट वडा नम्बर ५ काम्माङतर्फ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो ।
मृत्यु हुनेमा वडा नम्बर ५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् ।
त्यस्तै, ट्याक्टरमा सवार वडा नम्बर ४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको डीएसपी राईले जानकारी दिए ।
घटनास्थलमा साँघु प्रहरी चौकीबाटे र सदरमुकाम फुङलिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको उनले बताए ।
प्रहरीको टोली घटनास्थल पुगेपछि मात्रै विस्तृत विवरण आउने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post