इटहरी : भारतीय रियालीटि शो सारेगम लिटल च्याम्सका सेकेन्ड रनरअप प्रीतम आर्यायको बौद्विक चोरी भएकोमा इटहरी उपमहागनरपालिकाले गम्भिर आपत्ति जनाएको छ ।
मेयर हेमकर्ण पौडेलले एक प्रस विज्ञप्ती जारी गर्दै प्रीतमको बौद्विक चोरी भएकोमा आपत्ति जनाएका छन् ।
‘इटहरीका सद्भावना दुत प्रीतम आर्चायको भनि १ कार्तिकमा राति काठमाडौंको एक किंस लाउन्ज एण्ड बारमा आर्चायको उपस्थिति विना उनको नाम लगाएर अर्को व्यक्तिलाई उभ्याएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘त्यस्तो कार्य गरेकोमा इटहरी नगरको गम्भीर ध्यानाकर्षण भएको छ ।’

घटना के भएको थियो
मंगलबार राति काठमाडौको किङ्स लाउन्जमा प्रीतमलाई भनेर अर्कै कलाकारलाई प्रस्तुति दिन लगाइएको छ । बाल गायक प्रीतमको तस्वीर देखाएर अर्कै कलाकारलाई प्रस्तुति दिलाउँदा उपस्थितहरूले भने चिन्न सकेनन् । त्यतिखेर प्रीतम भने इटहरीस्थित आफ्नै घरमा थिए ।
लाउन्ज संचालकले प्रीतमको तस्वीर एलइडी स्क्रिनमा देखाएर प्रीतम आचार्यलाई स्वागत गरौं भने । स्टेजमा एक जना मोटोघाटो किशोर देखिए । उद्घोषकले उनलाई बोलाउदै ‘बाबु ठूलो भएछ है, त्यै भएर चिन्नै सकिनँ’ भने । त्यसो भनिरहँदा दर्शकहरू पनि झुक्किएर समर्थनमा हुटिङ गरेका थिए । ती किशोरले पनि आफूलाई प्रीतम भनिएको बारेमा कुनै प्रतिक्रिया दिँदैनन् ।
माइक समातेपछि उनले आज गीत नगाउने भन्छन्, तर, धेरैले अनुरोध गरेपछि गाउँछन् । दुई लाइन बेसुरको गीत गाएपछि उनी बाहिरिन्छन् । उद्घोषकले उनी बिरामी भएकोले वासरुम गएको उद्घोष गर्छन् ।
बिरामी भए भनिएका ती किशोर दर्शक दीर्घामा पुगेर आफूलाई प्रीतमकै रुपमा प्रस्तुत गरिरहेको भिडियो सार्वजनिक भएपछि प्रीतमका बुवा कुमार आचार्यले प्रीतम भनेर अन्य कलाकारलाई प्रस्तुत गर्न लगाउनु गलत भएको बताए ।














Discussion about this post