धरान : धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा डेल्टा तेस्रो संस्करणको तयारी गरिएको छ ।
‘दीगो आधुनिक कृषि’ भन्ने मुख्य उदेश्य राखेर डेल्टा तेस्रो संस्करणको तयारी गरिएको हो ।
प्रत्येक विभागको ज्ञान र सिद्धान्तमा आधारित भएर उक्त उदेश्लाई साकार आधुनिक उपकरण, वैज्ञानिक ढाँचा र दीगो तरिकाले अगाडि बढाएर कृषिमा आकर्षणको लहर पैदा गर्ने तयारी भएको बताइएको छ ।
डेल्टा तेस्रो संस्करणका संयोजक सम्राट जेनम महत्तराले स्थानीय स्तरबाट नै कृषिमा परिवर्तन ल्याउन भूमिका खेलेको बताए ।
अघिल्लो वर्ष कोरोना प्रकोपका कारण भौतिक रूपमा कार्यक्रम गर्न असमर्थ डेल्टा दोस्रो संस्करणले नेपालकै पहिलो ‘अनलाइन टेक्निकल इभेन्ट’ आयोजना गरेको थियो । सो कार्यक्रममा ई.कुलमान घिसिङ, माहावीर पुन, डा.सूर्यराज आचार्य, डा.ई.जीत चन्द जस्ता राष्ट्रिय स्तरमै आफ्नो क्षमता देखाइसकेका अतिथिहरू सहभागी थिए ।
रिसर्च म्यानेजमेन्ट सेलका संयोजक ई.सागर काफ्ले, विभिन्न विभागका प्रमुख, विद्यार्थी संगठन र विद्यार्थी समाजले संयुक्त रूपमा कार्यक्रमलाई सफल बनाउन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बाएका छन् ।














Discussion about this post