इटहरी : प्रदेश १ का उद्योगी व्यापारीहरूले बैँकको ब्याजदरले व्यवसायमा संकट आउन लागेको भन्दै ब्याजदर नियन्त्रणमा चासो देखाउन नेपाल राष्ट्र बैँकका गभर्नरको ध्यानाकर्षण गराएका छन् ।
विराटनगरका उद्योगी–व्यवसायीले बैंकहरूले कायम गरेको उच्च ब्याजदरले औद्योगिक क्षेत्रमा संकट आउने भन्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले गर्भनर अधिकारीलाई एकल अंकको ब्याजदर वा बैंकहरूको राष्ट्रियकरण गर्नुपर्ने सुझाव दिएको बताएको छ ।
उद्योगीहरुको छलफलपछि गर्भनर अधिकारीले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने आश्वासन दिएको बताइएको छ ।
गभर्नरसँगको छलफलमा उद्योग संघ मोरङ्गका अध्यक्ष नवीन रिजाल, उद्योग संगठनका अध्यक्ष सुयेश प्याकुरेल, नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेसहित उद्योगीहरू प्रकाश मून्दडा, महेश कुमार जाजू र पवन कुमार सारडाको सहभागिता रहेको थियो ।














Discussion about this post