इटहरी : फिफा विश्वकप २०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ ।
उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरूले पाँच सय रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशत सम्म छुट पाउनेछन् ।
भायाटिभीका हालका ग्राहकहरूले पाँच सय रुपैयाँमा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन् । यो अफर सेटटप बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ।
यसबाहेक भायाटिभीको “ब्रिंग होम दगेम” अफर अन्तर्गत ग्राहकहरूले एक सय पचास रुपैयाँ मा प्रति महिना सम्ममा भायाटिभी र नौ सय ९९ मा प्रति महिना सम्ममा २०० एमबिपिएस भायानेट अल्ट्रा–फाई इन्टरनेट पनि पाउन सक्नेछन् ।
वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडेवापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशत सम्म छुट पाउन सक्नेछन् ।
यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र १२ हजार १२३ सम्ममा र ४३ इन्चको स्मार्ट टिभी मात्र २४ हजार ३३५ सम्मको मूल्यमा खरिद गर्न पाउनेछन् ।
Discussion about this post