इटहरी : नेपाली कांग्रेसले इटहरी २ का दीपेन्द्र घिमिरेसहित ७४ जना बागी उम्मेदवारलाई पाँच वर्षका लागि कारबाही गरेको छ ।
मंगलबार पार्टीको अनुशासन आयोगले एक विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने घिमिरेसहित ७४ जना नेता तथा कार्यकर्तालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको हो ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले उनीहरूलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्काषन गर्न निर्देशन दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ ।’
यस्तै, कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीहरू समेत अभिलेखबाट हटाइएको जनाएको छ ।

















Discussion about this post