इटहरी : प्रदेश १ मा बिहीबार (भोलि) सार्वजनिक विदा दिइएको छ ।
प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार (आज) निधन भएकाले शोक व्यक्त गर्दै प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बिहीबार प्रदेशका सरकारी र सार्वजनिक संघ संस्थाहरूमा राष्ट्रिय झण्डा झुकाउने पनि आन्तरिक मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।
मृतक थापा नेपाली कांग्रेसबाट प्रदेशसभामा मोरङ ३ क बाट उम्मेदवार थिए । उनी निमोनियाबाट पीडित थिए ।















Discussion about this post