Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

सीताराम मेहताको आरोप–‘भीम आचार्यको विगतका कर्तुत जनताले बिर्सिएका छैनन्’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०७९
in निर्वाचन, समाचार
0
सीताराम मेहताको आरोप–‘भीम आचार्यको विगतका कर्तुत जनताले बिर्सिएका छैनन्’
117
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले नेकपा एमालेबाट प्रतिष्पर्धी रहेका भीम आचार्यप्रति कटाक्ष गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुनावी घरदैलो कार्यक्रममा रहेका मेहताले एमालेबाट आफ्नो प्रतिष्पर्धी रहेका आचार्यले विगतका दिनमा गरेका कतुर्त जनताले नबिर्सिएको बताएका हुन् ।

‘भीम आचार्य जी ले स्थानीय तहको चुनावमा टिकट वितरण गर्दा उहाँकै पार्टीका कार्यकर्ताले लगाएका आरोपको अहिलेसम्म खण्डन भएको छैन, टिकट वितरणमा पैसा लिएका कुराहरू छन्,’ उनले भने, ‘उहाँ एउटा निर्वाचन क्षेत्रमा चुनाव लडेपछि त्यही क्षेत्रमा चुनावमा होमिन फेरि कहिल्यै जानुहुन्न, उहाँ सुनसरी निवासी भएपनि टुरिष्ट उम्मेदवारजस्तै हो ।’

यसअघि सुनसरी क्षेत्र नं. ६, ०७४ को निर्वाचनमा सुनसरी १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपनि उनले निर्वाचन क्षेत्र फेरिरहने मेहताको आरोप छ । प्रदेश १ को मुख्यमन्त्री हुँदा आचार्यले प्रदेशको नामकरण र एक भित्ता बाटो पनि बनाउन नसकेको बताए ।

‘उहाँले प्रदेशको नामकरणको प्रक्रिया पनि अगाडि बढाउन सक्नुभएन, त्यो त परको कुरा भयो,’ उनले भने, ‘म अरु नेताहरूलाई आरोप लगाएर चुनाव जित्ने नेताभित्र पर्दिन, तर आचार्य जी ले एक भित्ता बाटो समेत बनाउन सक्नुभएन ।’

उनले आँफू कसैलाई आक्षेप लगाउन नचाहेपनि अहिले नेकपा एमालेले चुनावताका आफ्नो दुष्प्रचार गरेकोमा आपत्ति जनाए ।

आँफू विगतमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएको र जनताका अधिकांश माग पूरा गरेकाले यसपटक पनि निर्वाचित हुने विश्वासमा रहेको उल्लेख गरे ।

‘जनताको मौलिक हक अधिकार सुनिश्चित गर्नका लागि पनि मेरो उम्मेदवारी हो,’ मेहताले भने, ‘यसअघि निर्वाचित भइसकेपछि ठाउँठाउँमा जनताले चाहे अनुसार बजेट विनियोजन गरेको छु, केहीकेही कामहरू बाँकी छन्, त्यो काम छिट्टै पूरा हुन्छ ।’

उनले कृषि, स्वास्थ्य, शिक्षा, सडक निर्माणसँगै जनताको जीवनस्तर उकास्नका निम्ति आँफूले काम गर्ने प्रतिबद्वता जनाए । जनता नै सर्वमान्य भएकाले आगामी निर्वाचनमा मतदाताले पुनः न्याय गर्ने मेहताको विश्वास छ ।

०७४ को स्थानीय निर्वाचनमा टिकट वितरण गर्दा आचार्यले मागेका थिए पैसा ?

०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले प्रदेश १ का तत्कालीन इञ्चार्ज समेत रहेका भीम आचार्यले पैसा मागेको रेवती भण्डारीले आरोप लगाएका थिए ।

०७७ कात्तिकमा भण्डारीले सो आरोप लगाएका थिए । तत्कालीन नेकपा एमाले केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठमार्फत आचार्यले पैसा माग्न लगाएको भन्दै टिकटको लागि १५ लाख माग गरेको भण्डारीको आरोप थियो ।

०७७ कात्तिकमा एमाले नेता भण्डारीको फेसबुक स्टाटस

एमाले रहँदा माधव नेपाल पक्षधरका आचार्यलाई ओली निकटकाले त्यति मन पराउँदैनन् । भण्डारी अहिले एमाले सुनसरीको अध्यक्ष छन् ।

भण्डारीलाई सुनसरी २ (क) बाट प्रदेशसभा सदस्यमा उठाएर आचार्य प्रतिनिधिसभा सदस्यको उम्मेदवारी छन् ।

Tags: निर्वाचनभीम आचार्यसीताराम मेहता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक
FEATURE BREAKING

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

मोरङ : मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना र कानुनी अनियमितताको अनुसन्धान सुरु भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डको निर्माण...

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद
समाचार

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कारपियोबाट एक सय चार किलोभन्दा बढी गाँजा...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३
झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

असार १, २०८३
मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

असार १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३
सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

असार १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.