इटहरी : नेकपा एमाले सुनसरीले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्णयविपरीत काम गरेको भन्दै उनीहरूलाई हटाइएको नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए ।
निष्कासित गरिएका नेताहरूमा प्रदेश कमिटी सदस्य किशोरकुमार कार्की, धरान नगर कमिटी सचिवालय सदस्य नारायण भट्टराई, जिल्ला सल्लाहकार हरिहर प्यारा श्रेष्ठ, १३ नम्बर वडा कमिटी अध्यक्ष घनश्याम खतिवडा रहेका छन् ।
यस्तै, उद्धव श्रेष्ठ, हरि तामाङ, ठाकुरबहादुर कार्की, रामकुमार राई, पहलमान बस्नेतलाई समेत कारबाही गरिएको छ ।
एमालेले सुनसरी १ मा जसपाका अशोक राईलाई सघाउने भएपनि एमाले नेता मनोज मेन्याङवोले बागी उम्मेदवार दिएका थिए ।
उनै मेन्याङवोलाई सघाउने बताएका नेता तथा कार्यकर्तालाई कारबाही गरिएको बताइएको छ ।














Discussion about this post