ताप्लेजुङ : ताप्लेजुङको सदरमुकाममा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
फुङलिङ नगरपालिका वडा नं. ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १–००२–००३ ह ३९०० नम्बरको अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
पाथीभरा याङ्वर गाउँपालिका वडा नं. १ नाङ्खोल्याङका करीब ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ ८ दोखुका ११ वर्षीय इशान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
काठमाडौंमा उपचारको लागि जान हिंडेका ७५ वर्षीया गुरुङ घरबाट निस्किएपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post