इटहरी (डेक्स) :भोली मङ्लबार देखि आईतबार सम्म इटहरीका सामुदायीक विद्यालयहरु बन्द हुने भएका छन् ।
सोमबार इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै विदाबारे जानकारी दिएको हो ।
आउदो मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनमा विद्यालयमा कार्यरत शिक्षकहरु समेत खटिएकाले नियमीत पठनपाठनमा निरन्तरता दिन समस्या हुने भएकाले इटहरी उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायीक विद्यालयहरु कार्तिक २९, ३० गते र मंसिर १ गते स्थानीय विदाबाट कट्टा हुनेगरी विदा दिईएको सूचनामा उल्लेख गरीएको छ ।
यस्तै निर्वाचन आयोग नेपालको पत्र बमोजिम मतदान केन्द्र रहेका विद्यालयहरुमा निर्वाचन प्रयोजनको लागि विद्यालय भवन र फर्निचर उपलब्ध गराउनुका साथै मिति २०७९ मंसिर २, ३ र ४ गते सम्पूर्ण सामुदायीक विद्यालयको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरीएको सूचना जारी गरीएको छ ।












Discussion about this post