इटहरी : इटहरी ६ संगीत चौकबाट लागूऔषधसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी ४ वस्दै आएका प्रज्जवल केसी रहेका छन् ।
इटहरीको संगीत चौकमा १ जना मानिस लागूऔषध विक्रि वितरण गर्न बसिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा तत्काल प्रहरीको टोली गएर शंकास्पद अवस्थामा रहेको मानिस फेला पारी शरीर खानतलासि गर्दा निजले लगाएको कालो रंगको ज्याकेटको अगाडिको बायाँ तर्फको गोजिमा नाइट्रोसन लेखिएको ४ ट्याबलेट र कालो प्लासटिकको टुक्रामा पोका पारी राखेको खैरो हिरोइन जस्तो पदार्थ समेत फेला परेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
खैरो हिरोइन जस्तो पदार्थलाई मान्यता प्राप्त तराजुमा तौल गर्दा १ ग्राम ६२० मिलिग्राम रहेको र निजलाई लागूऔषध मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान कार्य भई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post