इटहरी : मोरङको क्षेत्र नम्बर ५ को प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गयानन्द मण्डल निर्वाचित भएका छन् ।
१४ हजार ८ सय ४३ मतसहित कांग्रेसका नेता मण्डल विजयी भएका हुन् ।
मण्डलले नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई ५ हजार ४ सय ३८ मतान्तरले पराजित गरेका हुन् ।
क्षेत्र नम्बर ५ को १ मा जनमत पार्टीका उम्मेदवार अनिलकुमार झाले २ हजार ८ सय २७ मत पाए ।
राप्रपाकी उम्मेदवार सोनलकुमारी साहले १ हजार ९ सय २१ पाइन् । क्षेत्र नम्बर ५ को (क) मा ३५ हजार ३ सय ८ मत खसेको थियो ।














Discussion about this post