इटहरी : सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङको अग्रता कायमै छ ।
हालसम्म २७ हजार ९७८ मतगणना हुँदा रास्वपाकी तामाङको अग्रता कायमै भएको हो । उनको ५ हजार ४५४ मत प्राप्त भएको छ ।
यस्तै, एमालेको साथ पाएर जसपाबाट उम्मेदवारी दिएका अशोक राईले ४ हजार ७५९ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यसैगरी सत्ता गठबन्धनको तर्फबाट माओबादी केन्द्रका मुक्साहाङ मेन्याङ्बोले ४ हजार ६०४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
यस्तै, एमालेबाट रुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका मनोज मेन्याङ्बोले ३ हजार ८९३ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।














Discussion about this post