इटहरी : मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा एमालेका बागी उम्मेदवार रहेका योगेन्द्र मण्डल निर्वाचित भएका छन् ।
सत्तारुढ र प्रतिपक्षी नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै बागी उम्मेदवार मण्डल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नेकपा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका मण्डलले २१ हजार ८२० मत प्राप्त गर्दै निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत प्राप्त गर्दा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपा नेता राजकुमार यादवले १७ हजार ३९० मत प्राप्त गरे ।














Discussion about this post