सोलुखुम्बु : सोलुखुम्बुमा कांग्रेसलाई पराजित गर्दै एमाले विजयी भएको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता बलबहादुर केसीलाई २ हजार ७ सय ७९ मतले पछि पार्दै एमाले केन्द्रीय सदस्य मानवीर राई निर्वाचित भएका हुन् ।
सोलुमा ३२ वर्षपछि एमालेले पहिलो पटक जितेको हो ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा खसेको कुल मत ४० हजार ३ सय ४४ मध्ये एमाले उम्मेदवार राईले १९ हजार ३ सय २४ मत ल्याए भने पूर्वमन्त्री समेत रहेका केसी १६ हजार ५ सय ४५ मत प्राप्त गरे ।














Discussion about this post