इटहरी : सुनसरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा नेकपा एमालेकी भगवती चौधरी चार हजार बढी मतान्तरले अगाडि रहेकी छन् ।
सुनसरी ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले दिएको जानकारी अनुसार हालसम्म यो क्षेत्रमा ५९ हजार ९८१ मतगणना सकिएको छ ।
जसअनुसार नेकपा एमालेकी उम्मेदवार चौधरीले २६ हजार ४५ मत प्राप्त गरेकी छन् । यस्तै, कांग्रेसका गच्छदारले २१ हजार ३८५ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ४ हजार ६६० मत रहेको छ ।
यो क्षेत्रमा कूल ९२ हजार ३ सय मत खसेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।














Discussion about this post