इटहरी : सुनसरीको निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन् ।
पछिल्लो मतपरिणामअनुसार चौधरीले ३६ हजार १३६ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छन् ।
नेपाली कांग्रेसका विजयकुमार गच्छदार दोस्रो स्थनमा छन् । उनले ३० हजार ६०१ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर ५ हजा ५३५ रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले भने ६ हजार २६९ मत प्राप्त गरेका छन् । निर्वाचन आयोगका अनुसार अब १० हजार ६ सय मतगणना बाँकी रहेको छ ।














Discussion about this post