इटहरी : सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चाैधरी विजयी भएकी छन् ।
अन्तिम मत परिणामअनुसार चाैधरीले ४० हजार ७८८ मत ल्याइन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् ।
कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरेका छन् ।
०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक “ब्रेक” लागेको छ ।














Discussion about this post