Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तेस्रो प्रयासमा संसद छिरिन् भगवती चौधरी, के छन् एजेन्डा ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १३, २०७९
in टाकुरा विशेष, निर्वाचन, समाचार
0
तेस्रो प्रयासमा संसद छिरिन् भगवती चौधरी, के छन् एजेन्डा ?
263
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी ३ बाट तेस्रो प्रयासमा नेकपा एमालेकी नेत्री भगवती चौधरी संसद छिर्ने भएकी छन् ।

उनले तेस्रोपटकमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै संसद यात्राको तय गरेकी हुन् ।

यसअघि दुवै पटक उनै गच्छदारसँग पराजित भएकी चौधरीले तेस्रो प्रयासमा संसद यात्राको तय गरेकी हुन् । चौधरीले ४० हजार ७ सय ८८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गच्छादारले ३५ हजार ६ सय मत ल्याए ।

चौधरीले आफ्ना पुराना प्रतिस्पर्धी गच्छदारलाई ५ हजार १ सय ८८ मतले पराजित गरेकी हुन् । २०७४ सालको निर्वाचनमा चौधरी थोरै मतले मात्रै पराजित भएकी थिइन् ।

२०४८ पछिका सबै निर्वाचनबाट संसदीय राजनीतिका खेलाडी बनेका गच्छदार सत्ता राजनीतिका पनि खेलाडी हुन् । गच्छदार दर्जन पटकभन्दा बढी मन्त्री बनेका छन् । तर, करिब ३ दशकभन्दा बढी सत्ता र संसदीय राजनीतिको वरिपरि रहेका गच्छदारलाई यसपटक चौधरीले पराजित गरेकी हुन् ।

सुनसरीको निर्वाचन क्षेत्र नं. ३ मा धेरैजसो ग्रामीण भेग पर्छ । यहाँ आर्थिक अवस्था कमजोर र चौधरी समुदायको बाहूल्यता छ ।

धेरैजसो सर्वसाधारण मजदूरी पेसामा निर्भर छन् । एक लाख २५ हजार ४३२ मतदाता रहेको यो इटहरीको ६ देखि १५ नं. वडा, दुहबीका १ देखि १२ (सबै वडा), बर्जु गाउँपालिकाका सबै वडा, गढी गाउँपालिकाका १ देखि ६ (सबै वडा) इनरुवा नगरपालिकाको ७ नं. वडा समावेश छन् ।

निर्वाचित चौधरीका यस्ता छन् एजेन्डा

विभिन्न बुँदागत रूपमा एजेन्डा प्रस्तुत गरेकी चौधरीले कृषिलाई व्यवसायिक र निर्यातमुखी बनाउन जोड दिने बताएकी छन् ।

राजनीतिमा लाग्नु अगावै आम सर्वसाधरणलाई उद्यमशील बनाउन सक्रिय भएकी चौधरीले युवालाई स्वरोजगार बनाउने विभिन्न योजना रहेको र त्यसका लागि गाउँघरमै प्राविधिक शिक्षालय स्थपनामा पहल गर्ने उनको एजेन्डा रहेको छ ।

महिलाहरूलाई आत्मनिर्भर, स्वरोजगार बनाउन जोड दिएकी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न विशेष पहल गर्ने बताएकी छन् । चौधरीले एक गाउँ, एक उद्योग स्थापनालाई विशेष जोड दिएकी छन् ।

पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धनका लागि रिङ रोडको अवधारणा कार्यान्वयन गर्ने बताउँदै गाउँलाई शहर र शहरलाई व्यवस्थित गर्न उनले आफ्नो एजेन्डामा प्रस्तुत गरेकी छन् ।
यस्तै, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुकासाथै भूमीहिन नागरिकलाई सम्मान र समाजिक सुरक्षा कार्यान्वयनमा जोड दिने बताइएको छ ।

 

Tags: टाकुरा विशेषनिर्वाचनभगवती चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य
विविध

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

by टाकुरा न्यूज । इटहरी
साउन २७, २०८३
0

धान उत्पादनमा प्रख्यात मानिने ओखलढुङ्गाको रामपुरटारमा खेत रोपाइँ सकिएपछि ड्रोनबाट देखिएको दृश्य । जिल्लामा धान लगाउने तीन हजार ८०३ हेक्टर...

विविध

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

by रासस
साउन २७, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको...

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३
कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

साउन २७, २०८३
आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

साउन २७, २०८३
ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.