Thursday, April 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

यी हुन् प्रदेश १ को समानुपातिकतर्फ एमालेबाट सांसद चुनिने १५ जना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २३, २०७९
in समाचार
0
प्रदेश १ : एमालेका पाँच नेताले गरे पार्टी परित्यागको घोषणा
250
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रदेश १ मा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक मत परिणाम आएसँगै समानुपातिक कोटाबाट को को सांसद बन्लान् भन्ने सर्वत्र चासो छ ।

९३ सदस्यीय प्रदेशसभामा ५८ जना प्रत्यक्ष र ३७ जना समानुपातिक तर्फबाट छानिने कानूनी व्यवस्था छ । प्रत्यक्षका ५८ मध्ये नेकपा एमालेले २५, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा एसले ३ र राप्रपाले २ सिट जितेका छन् ।

समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको नेकपा एमालेले थप १५ सांसद सिट पाउने छ । एमालेले प्रदेश १ मा ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेको छ ।

एमालेको समानुपातिक बन्द सूचीमा रहेकामध्ये पुरुषहरूतर्फ खसआर्यको पहिलो नम्बरमा रहेका ओखलढुंगाका किशोरकुमार अधिकारी र आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका पाँचथरका श्रीप्रसाद जवेगु सांसद बन्ने भएका छन् ।

एक जनजाति पुरुषलाई प्रदेशसभामा पठाएमा एमालेको बन्दसूचीमा रहेका ६ महिलाले प्रदेश सभा सदस्य बन्ने अवसर पाउनेछन् ।

उनीहरूमा उदयपुरकी ४६ वर्षीया सिर्जना दनुवार, झापाकी ५९ वर्षीया कमला थापा मगर, सुनसरीकी ४७ वर्षीय मीना श्रेष्ठ, भोजपुरकी ३८ वर्षीया सिर्जना राई, मोरङकी ६७ वर्षीया मालतीकुमारी लिम्बू र धनकुटाकी ४६ वर्षीय मनकुमारी तितुङ छन् ।

एमालेले श्रीप्रसाद जवेगुलाई सांसद नबनाएको अवस्थामा भने भोजपुरकी बन्दना राईले पनि अवसर पाउनेछिन् ।

खसआर्यतर्फ एमालेका ४ जना प्रदेशसभा सदस्य चुनिनेछन् । किशोरकुमार अधिकारीलाई छनौट गरेमा महिलाबाट ३ जनाले अवसर पाउनेछन् । जसमा मोरङकी ६१ वर्षीला शिला दीक्षित कार्की, झापाकी ६६ वर्षीया तारादेवी ढकाल र सुनसरीकी ५७ वर्षीया निरादेवी खनाल छन् ।

पुरुषतर्फ खसआर्यका अधिकारीलाई एमालेले नचुनेमा उदयपुरकी गितादेवी रेग्मीले अवसर पाउनेछिन् ।

एमालेले दलिततर्फ तेह्रथुमकी ४९ वर्षीया कमलादेवी दर्नाल, मधेशीतर्फ मोरङकी ४० वर्षीया गितारानी महतो, थारुबाट मोरङकै ५१ वर्षीया ललिताकुमारी चौधरी, र मुस्लिमबाट मोरङकै ३८ वर्षीया नुर सदि बेगमलाई पठाउनेछ ।

पुरुष कोटामा पठाउने व्यक्तिबारे पार्टीले तलमाथि गरेको अवस्थामा भने यी नामहरुमा केहि परिवर्तन हुनसक्ने सम्भावना छ ।

समानुपातिकको बन्दसुचीबाट एमालेले ३ जना अल्पसंख्यकलाई अनिवार्य प्रदेशसभामा पठाउनुपर्छ । एमालेको बन्दसूचीमा अल्संख्यकतर्फ झापाका नम्बरलाल धिमाल, विद्यानन्दसिंह राजवंशी, उदयपुरकी सिर्जना दनुवार, सुनसरीकी यशोदा कायस्थ, संखुवासभाकी लहरुमायाँ जीमी र मोरङका अरुणकुमार राठीको नाम छ ।

उनीहरुमध्ये सूचीक्रममा रहेकी दनुवार प्रदेशसभा सदस्य बन्नेछन् भने बाँकी २ जना एमालेले छान्न पाउनेछ ।

अल्पसंख्यकतर्फ एमालेले धिमाललाई चयन गरेमा श्री जवेगु बाहिरिनेछन् भने कायस्थलाई चयन गरे धनकुटाकी मनकुमारी तितुङको नाम संकटमा पर्नेछ । यस्तै अल्पसंख्यकतर्फ अरुणकुमार राठीको नाम चयन भए अर्को एक जना पुरुषको मात्र नाम पर्नेछ भने गितारानी महतो बाहिरिनेछन् ।

रातोपाटीको सहयोगमा ।

Tags: #प्रदेश १नेकपा एमाले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1362 shares
    Share 545 Tweet 341
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    509 shares
    Share 204 Tweet 127
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.