विराटनगर : विराटनगर महानगरपलिका १३ बाट प्रतिबन्धित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ केराबारी गाउपालिका १० का ३३ वर्षीय अरुण लिम्बू रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले रानीबाट विराटनगरतर्फ आँउदै गरेको बा ६३ प ३३४६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लिम्बूको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post