Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा निर्माणकार्य अलपत्र पारेपछि स्थानीयले गरे सडक अवरुद्व

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २५, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीमा निर्माणकार्य अलपत्र पारेपछि स्थानीयले गरे सडक अवरुद्व
212
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा निर्माणकार्य अलपत्र पारेपछि स्थानीयबासीले सडक अवरुद्व गरेका छन् ।

इटहरी ८ सतनमार्गमा २०७८ कात्तिक २७ गतेदेखि निर्माण सुरु भएपनि हालसम्म पूरा नभएपछि स्थानीयबासीले आक्रोश पोख्दै आइतबार (आज) सडक अवरुद्व पारेका हुन् ।

इटहरी ८ स्थित बिजुली अफिस नजिकैबाट स्कुल मोडसम्मको करीब १ किलोमिटर सडक निर्माण सुरु भएको १३ महिना बितेपनि सम्पन्न नभएपछि आँफूहरू आजित भएको सडक निर्माण अनुगमन समिति संयोजक भीम बस्नेत (जंगली) ले बताए ।

सडक निर्माणको काम सुरु भएको १३ महिना बितिसक्दा पनि कालोपत्रे गर्न सम्बद्व निकायले ध्यान नदिएकाले स्थानीय उपभोक्ताले न्यायका निम्ति बाटो अवरोध गरेको उनको भनाइ छ ।

‘सहायक बाटोमध्ये सबैभन्दा व्यस्त बाटो हो यो, दैनिक ४०/५० वटा स्कुल बस यहीँबाट हिड्छन्, विभिन्न सरकारी कार्यालय यही बाटोमा पर्छ,’ बस्नेतले टाकुरासँग भने, ‘तर हालसम्म कसैले चासो नदेखाउँदा ठेक्का लिने कम्पनीले निर्माण नै गरेन, हामीले बाध्य भएर सडक अवरुद्व गरेका हौँ ।’

उनका अनुसार पटकपटक वडा कार्यालयमार्फत इटहरी उपमहानगरपालिकामा जानकारी गराइएपनि बजेट अभाव भएको भन्दै सडक निर्माण नभएको उनले बताए ।

उनका अनुसार उक्त ठाउँं इटहरी ८ को कार्यालय, यातायात व्यवस्था विभागको कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय जाने बाटो हो । तर, कुनै पनि निकायले चासो नदेखाएका कारण आँफूहरूले दबाब दिनका लागि बाटोमा बाँस र स्याउला लगाएर अवरुद्व गर्न बाध्य भएको बस्नेतले बताए ।

‘कतिको ठेक्का हो, कति समयसम्म निर्माण हुनुपर्ने हो,’ केही थाहा छैन, उनले भने, ‘हामीले पटकपटक जानकारी माग्दा पनि बेवास्ता गरेपछि बाटो नै अवरुद्व गर्न बाध्य भएका हौँ ।’

स्थानीय खगेन्द्र परियारका अनुसार आँफूहरूले सडक निर्माणका लागि पटकपटक दबाब दिएपनि ठेक्का लिने कम्पनी मूकदर्शक बनेको छ । ’हामी यो सडक नबन्दा निकै पीडित छौँ,’ उनले भने, ‘ड्रेन बनाउने बेला स्थानीयबासीकै सहयोगमा माटो पनि लगाइयो, अहिले सडक बनाउने समयमा बजेटले भ्याउँदैन भनेर टार्ने काम भएको छ ।’ ४० फुटे बाटोमा करीब २२ फुट मात्रै कालोपत्रे गरिने उनले बताए ।

स्थानीयले सडक अवरुद्व गरेपछि यो ठाउँबाट दैनिक आवतजावत गर्ने दर्जनौँ सवारी साधनका यात्रुले सास्ती खेपेका छन् । यता, निर्माणको जिम्मा लिएको गिरी कन्ट्रक्सनका ठेकेदार कुमार गिरीसँग भने पटकपटक सम्पर्क गर्न खोजिएपनि उनको फोन उठेन ।

इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीले भने सडक निर्माण भइसक्नुपर्ने समयमा नभएपछि जनताले असह्य भएकाले बाटो अवरुद्व गरेको बताए ।

‘ठेकेदारको कमीकमजोरी र नगरपालिकाको सिस्टमका कारण अहिलेसम्म सडक नबनेको हो,’ उनले भने, ‘जनताले कति सहने ? समयावधिमा काम नगरेपछि नगरपालिकाले पनि एक्सन लिन सक्नुपर्छ ।’

आँफूहरूले इटहरी नगरप्रमुख हेमकर्ण पौडेललाई पनि यस विषयमा पटकपटक जानकारी गराएको उनले बताए ।

‘नगरपालिकामा जानकारी गराउँदा भोलिबाट, हप्तादिनबाट काम सुरु गर्ने कुरा आयो, अहिलेसम्म काम नै सुरु नभएपछि स्थानीयबासीमा असह्य भयो,’ वडाध्यक्ष चौधरीले भने, ‘बहुवर्षे योजना अन्तर्गत अघिल्लो आर्थिक वर्ष नै ठेक्का लागेको सडक हो, अब कालोपत्रेका लागि नगरपालिकाले नै एक्सन लिनुपर्छ ।’

उनका अनुसार करीब ८६ लाख बजेटमा उक्त सडक निर्माणका लागि गिरी कन्ट्रक्सनले ठेक्का लिएको हो ।

Tags: #इटहरीअवरुद्वटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    311 shares
    Share 124 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.