इटहरी : इटहरीमा आन्तरिक राजश्व कार्यालयले छड्के अनुगमन गरेको छ ।
इटहरी ६ संगीत चौकका केही पसलहरूमा कार्यालयले छड्के गरेको हो । छड्के अनुगमन गरेपछि व्यापारीहरूले भने विरोध जनाएका छन् ।
आर्थिक तरलताकाबीच छापामार शैलीमा नियोजित ढंगले अनुगमन गरेर व्यापारीहरूलाई दुःख दिन खोजेको भन्दै विरोध जनाइएको हो ।
इटहरीका व्यापारीहरूले अनुगमन रोक्न अनुरोध गरेको र त्यसमा राजश्व कार्यलयको समूह सकारात्मक भएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।
आर्थिक तरलताका कारण व्यापारलाई प्रत्यक्ष असर गरेको र व्यापारीहरू बैँकको बढेको ब्याज तिर्न नसकिरहेको समयमा राजश्वको छापाले गलत सन्देश दिने भन्दै व्यापारीहरूले छापामार शैलीमा भएको अनुगमनको विरोध गरिएको बताएका छन् ।
उद्योग वाणिज्य संघको अगुवाईमै होटल व्यावासायी संघ इटहरीका अध्यक्ष पराजुलीको नेतृत्वमा व्यापारीहरूले राजश्व कार्यालय गएर घेराउ समेत गरेका थिए ।
कर कार्यालयले व्यापारमै धराशयी हुनेगरी अनुगमन गरेको उनको व्यापारीहरूको आरोप छ ।














Discussion about this post