इटहरी : डिजिटल पेन्टस् प्रा.लि. का नयाँ उत्पादनहरू बजारमा आएको छ ।
सुन्दरहरैँचास्थित गोकर्ण रिसोर्टमा एक कार्यक्रमकाबीच नयाँ उत्पादनहरू सार्वजनिक गरेको हो ।
प्रोडक्ट लन्च कार्यक्रमका अवसरमा कम्पनीले ७ वर्ष वारेन्टी रहेको बाहिरी इमल्सन र उच्च क्वालिटी, मिडियम क्वालिटी गरी २ प्रकारका भित्री इमल्सन , गोल्ड पेन्टस् लगायतका उत्पादनहरू सार्वजनिक गरेको हो ।
कार्यक्रममा डिलर सञ्चालक कमल कार्की, रङ्गमहल इन्टरप्राइजेज इटहरी, रङ्गमहल इन्टरप्राइजेज धरान, त्रिलोचन भण्डारी, तेजु नेपाल, खेम ढुंगेल, माधव खड्का लगायतलाई सम्मान समेत गरिएको कम्पनीका सिइओ देवीप्रसाद गौतमले बताए ।
वाल प्राइमर, इमल्सन, डिस्टेम्बर, इनामेल (काठ तथा मेटल), आलमुनियम पेन्टस् वाल पुटिङ लगायतका सामाग्रीहरू उत्पादन गरिरहेको कम्पनीले उपभोक्ताहरूको उच्च मागका कारण नयाँ उत्पादनहरू बजारमा ल्याएको जनाएको छ ।
पूर्वी क्षेत्रलाई रंगमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उत्पादन सुरु गरेको गौतमले बताए । प्रोडक्ट लन्च कार्यक्रममा डिजिटल पेन्टस्का अध्यक्ष भीमप्रसाद गौतम, सिइओ देवीप्रसाद गौतम, सिओओ मणिकुमार आचार्य, सिएफओ किसन खनाल, प्रोडक्सन म्यानेजर हेमराज कार्की लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post