इटहरी : नेपाली कांग्रेसले प्रदेश १ मा संसदीय दलको नेता छान्न ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापति समेत रहेका रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।
रायमाझीको संयोजकत्वमा कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, रेगिना भट्टराई, लक्ष्मी चौधरी र नन्द नेम्वाङ सदस्य रहेका छन् ।
संसदीय दलको नेताका लागि केन्द्रीय सदस्य अमृत अर्याल, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश १ का सभापति उद्धव थापा आकांक्षी रहेका छन् ।



















Discussion about this post