मोरङ : मोरङको बिराटनगर महानगरपालिका ६ का १९ वर्षीय राहुल महत्तोलाई मोटरसाईकल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
मंसिर २१ गते बिराटनगर ९ बाट को ७ प २४०३ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने सूचना पाए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाईकल सहित महत्तोलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महत्तोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post