इटहरी : इटहरीको कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेडमा विवाद भएपछि साधारणसभा स्थगित भएको छ । शनिबार (आज) लाई तोकिएको साधारणसभा स्थगित भएको हो ।
चुनावी साधारणसभा भएको र विवाद भएका कारण स्थगित भएको बताइएको छ ।
सहायक निर्वाचन अधिकृत मेघराज लुइँछटेलका अनुसार निर्वाचन समितिले निकालेको निर्वाचन तालिका अनुसार सहकारी ऐन नियम तथा संस्थाको विनियम अनुसार संचालक सदस्यको उम्मेदवार बन्न योग्य नभएका व्यक्तिले मनोनयन दर्ता गरेका कारण विवाद उत्पन्न भएको थियो ।
अयोग्य उम्मेदवार भएको भन्दै प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयमा उजुरी परेका कारण साधारणसभा स्थगित भएको उनले बताए ।
अध्यक्षका उम्मेदवार कृष्णप्रसाद अधिकारी र लेखासमिति सदस्यका उम्मेदवार दण्डबहादुर खड्काले प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयमा बुझाएको पत्रमा उमेदवारहरुको दाबी बिरोध गर्दा समेत छानबिन नगरी, दाबी ठहर नभई अन्तिम नामावली प्रकाशन गरेको उल्लेख गरिएको बताइएको छ ।
कार्यालयबाट आएको पत्रका आधारमा सञ्चालक समित, लेखा सुपरीवेक्षण समिति र सल्लाहकार समितिको संयुक्त बैठक बसेर निर्वाचनको कार्यक्रम अर्को मितिमा तय गरिने लुइँटेलले जानकारी दिए ।














Discussion about this post