धरान : धरानमा ट्याम्पो चालकको घरबाट प्रहरीले गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनसार धरान १३ बस्ने ४९ वर्षीय पर्शुराम गुरुङको घरबाट प्रहरीले १७ केजी गाँजा बरामद गरेको हो ।
उनले चलाउँदै आएको ट्याम्पोमा २ सय ग्राम गाँजा फेला परेपछि घर खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको धरानका डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
प्रहरी अनुसार गएको पुस २४ गते साँझ साढे ७ बजे ट्याम्पो चालक गुरुङलाई धरान १२ छाता चौकस्थित को २ ह १८५६ नम्बरको हरियो रङ्गको ट्याम्पो चलाउँदै गर्दाको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा ट्याम्पोमा २ सय ग्राम गाँजा फेला परेको थियो ।
ट्याम्पोमा गाँजा बरामद गरेपछि उनले घरमा समेत गाँजा राखेको भनी प्रारम्भिक बयान दिएका थिए । बयान अनुसार उनको घर खानतलासी गर्दा १७ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
गुरुङलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post