धरान : धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत बिहीबार (आज) भएका खेलहरूमा विजयी हुँदै धरानको ११ नं. वडा र १७ नं. वडा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको पहिलो खेलमा धरानको ४ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै ११ नं. वडा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
११ नं. वडाका लागि दिनेश राई र धीरेन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच ४ नं. वडाका सरोज लावती घोषित भए । उनलाई नगद एक हजार पाँच सय र ट्रफी पुरस्कार प्रदान गरियो ।
बिहीबार नै भएको दोस्रो खेलमा धरानको ७ नं. वडालाई ६–० फराकिलो गोल अन्तरले पराजित गर्दै १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
१७ नं. वडाकालागि साहिल राई, मिलन राई र कृष्ण राईले २–२ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १७ नं. वडाका साहिल राई घोषित भए । उनलाई नगद एक हजार पाँच सय र ट्रफी पुरस्कार प्रदान गरियो ।
पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार पाउने आयोजकले जनाएको छ ।














Discussion about this post