इटहरी : सुनसरीस्थित चारकोसे जंगलमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थित चारकोसे जंगलमा नवजात शिशु फेला परेको हो ।
कपडामा पोको पारेर जंगलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु (छोरी) लाई स्थानीयले फेला पारेर प्रहरीमा खबर गरेका छन् ।
शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।
नवजात शिशुलाई कस्ले जंगलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post