विराटनगर : प्रदेश १ का ६ जना मन्त्रीहरूले जिम्मेवारी पाएका छन् ।
शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले १३ बाट झार्दै ९ वटा मन्त्रालय कायम गरेसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ६ मन्त्रीहरूको कार्यविभाजन गरेका हुन् ।
नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, बुद्धिकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईंले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्ति सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र जनता समाजवादी पार्टी, नेपाल (जसपा)की निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कार्की आफैंले राखेका छन् ।













Discussion about this post