धरान : धरान उपमहानगरपालिका ५ स्थितबाट खुकुरी प्रहार गरी हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान ५ का ३५ वर्षीय विकास भनिने हर्कबहादुर राई रहेका छन् ।
बिहीबार बिहान राईले छिमेकी ४९ वर्षीय कुमार बुढाथोकीलाई सामान्य विवादका क्रममा खुकुरी प्रहार गरी हत्या गरेका थिए । खुकुरी प्रहारबाट बुढाथोकीको घटनास्थलमै मृत्यु भएको थियो ।
पक्राउ परेका राईले ३५ वर्षीया गोमा खडकालाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घाइते गोमा खडकाको धरानस्थित वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गरी छिमेकीको हत्या गर्ने राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो पनि – धरानमा खुकुरी प्रहार गरी आफ्नै साथीको हत्या, एक गम्भीर घाइते













Discussion about this post