धरान : १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
कुटपिट अंगभंग मुद्दामा सुनसरी जिल्ला अदालतको २०७६।०२।२८ गतेको फैसला आदेशले २ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएपनि फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १६ का २४ वर्षीय सुजन विश्वकर्मा रहेका छन् । उनलाई धरानबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विश्वकर्मालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सुनसरी जिल्ला अदालतमा हाजिर गराएर झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post