भोजपुर : भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजार नजिकै रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण सिद्धकाली मन्दिर एक चर्चित र पवित्र स्थान हो ।
यो मन्दिरले धार्मिक तथा साँस्कृतिक महत्व समेत बोकेको छ । सोचेका मनोकामनाहरू पूरा हुने विश्वासका साथ यो मन्दिरमा जिल्ला र जिल्लाबाहिरका विभिन्न स्थानबाट यो मन्दिरको दर्शन गर्न भक्तजन आउने गरेका छन् ।
आर्कषक मन्दिर, त्यसको वरिपरी रहेका विभिन्न प्रकारका वनस्पति तथा चराचुरुंगीहरू तथा परेवाको आकर्षक बथानका कारण पनि मन्दिरको दृश्य सुन्दर देखिन्छ ।
भोजपुर सदरमुकामबाट नजिकै रहेको मन्दिरमा पुगेर जुनसुकै कुरा मागेपनि पूरा हुने धार्मिक विश्वास रहेको छ ।
Discussion about this post