इटहरी : दशनामी समाज इटहरीको अध्यक्षमा डिल्लिराम गिरी (कुमार) सर्वसम्मत चयन भएका छन् ।
शनिबार इटहरी ५ स्थित गङ्गा जमुना पार्टी प्यालेसमा सम्पन्न भएको दोस्रो नगर अधिवेशनले सर्वसम्वत रूपमा गिरीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
दशनामी समाजका केन्द्रीय उपाध्यक्ष मणिराम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मान समेत गरिएको थियो ।
इटहरी वडा नं ५, १९ र २० का जनप्रतिनिधिहरू क्रमशः गोपाल गिरी, ढुण्डीराज गिरी, धर्मा गिरी र धरान वडा नं १५ का जनप्रतिनिधि रङ्गलाल गिरीलाई सम्मान समेत गरियो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरी र जनता बहुमुखी क्याम्पस इटहरीका साहायक प्राध्यापक गोविन्द पुरीलाई बधाई समेत ज्ञापन गरिएको नवनिर्वाचित अध्यक्ष गिरीले बताए ।



















Discussion about this post