इटहरी : प्रदेश १ की स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल (रान) ले विज्ञप्ति बुझाएको छ ।
मंगलबार कार्यकक्षमै पुगेर लिम्बूलाई रानले विज्ञप्ति बुझाएको हो । रानका प्रदेश १ अध्यक्ष डा. सुरेन्द्रकुमार यादवद्वारा जारी विज्ञप्ति अनुसार १६ बुँदे माग राख्दै स्वास्थ्यमन्त्री लिम्बूलाई विज्ञप्ति बुझाइएको हो ।
रानका केन्द्रीय अध्यक्ष जगतबहादुर भट्टराईसहितको उपस्थितिमा विज्ञप्ति बुझाइएको थियो ।
आयुर्वेद सम्बन्धि नीति निर्माण गर्दा सहकार्य गर्नुपर्ने, रोजगारीको सृजना गरिनुपर्ने, प्रादेशिक आयुर्वेद अस्पताल चाँडै सञ्चालन गर्नुपर्ने, प्रदेश सरकारले आयुर्वेद औषधि उत्पादन केन्द्र स्थापना गर्नुपर्ने, अधिकार कार्यान्वयनका लागि पहल गर्नुपर्ने जस्ता माग राखिएको छ ।
Discussion about this post