ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिबेणी गाँउपालिका २ सिमलबोटेस्थितमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३९ वर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । बाख्रा चराउन गएकी उनी अबेरसम्म घर फर्केर नआएपछि खोजतलास गर्दै जाँदा आज (शुक्रबार) बिहान घरभन्दा करीब आधा किलोमिटर टाढा करेन्ट लागेर मृत अवस्थामा फेला परेकी थिइन् ।
बारीमा लत्रिएर रहेको बिजुलीको नाङ्गो तारमा छुन पुक्दा करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post